अमेरिकी जनताको थाप्लोमा ऋणै-ऋण, हेर्नुस कति छ ?
वासिङटन ८ फागुन
अमेरिकी जनताको थाप्लोमा २.५८ ट्रिलयन अर्थात् १२५.८ खर्ब डलर ऋण लागेको छ ।
गत वर्षको अन्तिम त्रैमाससम्मको अवधिमा अमेरिकी जनताको थाप्लोमा उक्त रकमको ऋण लागेको फेडरल रिजर्भले जनाएको छ ।२०१६ को डिसेम्बरसम्मको अवधिमा घरधुरीको कुल ऋण १२.५८ ट्रिलयन अर्थात् १२५.८ खर्ब डलर पुगेको छ ।
यो अवधिमा ऋणमा १.८ प्रतिशत अर्थात् २२६ अर्ब डलर पुगेको छ । यद्यपि यो ऋण २००८ को तेस्रो त्रैमासमा उचाइमा पुगेको तुलनामा ०.८ प्रतिशतले कम हो । उक्त समयमा अमेरिका मन्दीको चपेटाम पुगेको थियो ।
अमेरिकीले नयाँ घर र धितोलाई कोष उपलब्ध गराउनका लागि मन्दीदेखिको समयमा ठुलो परिमाणमा ऋण लिएको प्रतिवेदनले जनाएको छ । गत वर्ष नयाँ अटो कर्जामा तीव्र दरले वृद्धि भएको थियो । एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया