अमेरिकी राष्ट्रपतिको निर्वाचन ऐतिहासिक हुन सक्ने यस्तो छ ५ कारण

बिजनेसपाटी २१ कार्तिक

अमेरिकामा राष्ट्रपति पदका लागि चुनाव तयारी अन्तिम चरण पुगेको  छ । नोभेम्बर ८  अर्थात्मा पर्सिबाट हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचन पछि यसले केही इतिहास कायम गर्नेछ ।  करिब एक डेढ वर्ष अघिसम्म डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार हुन्छन् भन्ने कसैले सोचेका सम्म पनि थिएनन्। उनकै पार्टी समेत उनलाई उम्मेदवार बनाउने विषयमा विरोधी थियो। उनलाई पार्टीले सहयोग नगर्दा नगर्दै पनि राष्ट्रपति पदको उम्मेदवार बन्न सफल भए।  यता फिलाडेल्फियामा भएको डेमोक्रेट्सको सम्मेलनपछि हिलारी क्लिन्टन डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने लगभग पक्का भएको थियो।  राष्ट्रपति पदको निर्वाचन नजिकिँदै जाँदा यसका ऐतिहासिक पक्षबारे पनि छलफल भइरहेका छन्। राष्ट्रपतिमा जसले जिते पनि केही न केही नयाँ ऐतिहासिक घटना हुने निश्चित छ। ऐतिहासिक तथ्य जुन राष्ट्रपति चुनावपछि अंकित हुनेछन्, तीमध्ये केहि यस्ता छन्: उमेर : जनवरी, २००९ मा जब बाराक ओबामा राष्ट्रपति बनेका थिए। तब उनको उमेर मात्र ४७ वर्ष थियो।

अमेरिकी इतिहासमा उनी सबैभन्दा युवा राष्ट्रपतिमा पाँचौ नम्बरमा पर्छन्। थियोडोर रुजवेल्ट सबैभन्दा युवा अमेरिकी राष्ट्रपति हुन्। उनी राष्ट्रपति हुँदा मात्र ४२ वर्ष ३ सय २२ दिनका थिए।  यता डोनाल्ड ट्रम्पले गत १४ जुन ७० औँ जन्मदिन मनाएका छन्। यदी ट्रम्प निर्वाचित भए भने उनी सबैभन्दा वृद्ध राष्ट्रपति हुनेछन्। रोनाल्ड रेगन राष्ट्रपति बन्ने सबैभन्दा वृद्ध छन्। उनी ६९ वर्षको उमेरमा राष्ट्रपति भएका थिए। यता हिलारी क्लिन्टनको उमेर पनि ६९ वर्ष हो। हिलारीले राष्ट्रपति निर्वाचन जितिन् भने उनी दोस्रो वृद्ध राष्ट्रपति हुनेछिन्।  न्युयोर्कबाट राष्ट्रपति : सन् १९४४ पछि न्युयोर्कका दुई व्यक्तिबीच राष्ट्रपति पदका लागि प्रतिष्पर्धा हुँदैछ। यसभन्दा पहिले न्युयोर्कका गवर्नर थोमस ई डेवेले फ्र्यांकलिन डी रुजवेल्टविरूद्व निर्वाचनमा प्रतिष्पर्धा गरेका थिए। यस पटकको निर्वाचनमा जसले जिते पनि ७१ वर्षपछि अमेरिकी राष्ट्रपतिको पदमा न्युयोर्कका व्यक्ति आसिन हुनेछन्।

हिलारी शिकागोमा जन्मिएकी भएपनि न्युयोर्कमा सिनेटर थिइन्।  कम खर्चमा राष्ट्रपति : यदी ट्रम्पले चुनाव जिते भने उनी सबैभन्दा कम पैसामा प्रचार अबियान गर्ने विजेता उम्मेदवार हुनेछन्। यसभन्दा पहिले अल गोरले सन् २००० मा निकै कम पैसा खर्च गरेका थिए। तर, हिलारीले ट्रम्पको तुलनामा निकै धेरै खर्च गरेकी छन्।  महिला उम्मेद्वार : हिलारी क्लिन्टन पहिलो महिला राष्ट्रपतिको उम्मेदवार बनेकी छन्। उनी महिला राष्ट्रपति बनेर अमेरिकी इतिहासमा आफ्नो नाम लेखाउन सफल हुनेछिन्। प्रमुख राजनीतिक पार्टीबाट राष्ट्रपतिको उम्मेद्वार बन्ने उनी पहिलो महिला हुन्।  यसभन्दा पहिले रिपब्लिकन उम्मेदवार जोन मकेनले सबैलाई अचम्ममा पार्दै अलास्काकी गवर्नर सारा पालिनलाई सन् २००८ को उपराष्ट्रपति पदको उम्मेदवार बनाएका थिए। यस्तै, सन् १९८५ मा पनि डेमोक्रेटिक पार्टीका वाल्टर मोडाले गेराल्डाइन फेरारोलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाएका थिए। तर, यी दुवैले जित हासिल गर्न सकेनन्।  डेमोक्रेटको लगातार दोस्रो विजय : विगतमा दुईपटकसम्म डेमोक्रेटिक नेताको उत्तराधिकारीको रुपमा सोहि पार्टीको उम्मेदवार आएको इतिहास छ। ह्यारी ट्रुम्यान र लिन्डन जोनसन दुवै उपराष्ट्रपति थिए र उनीहरू राष्ट्रपतिको मृत्युपछि राष्ट्रपति हुन सफल भएका थिए। उनीहरू दुवैले राष्ट्रपति पदको निर्वचनमा जित हासिल गरेका थिए। क्लिन्टनको जित यसकारण पनि डेमोक्रेटिक पार्टीका लागि महत्वपूर्ण हुन सक्छ कि उनी उपराष्ट्रपति नरहिकनै राष्ट्रपति पदमा जित्ने पहिलो व्यक्ति हुनेछिन्।  – बीबीसी हिन्दीको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया