अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

विजनेसपाटी कार्तिक २४
अरुण गौतम- अर्बपति व्यापारी डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका छन्।उनले अनपेक्षित परिणाम ल्याएर डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका हुन्।
राष्ट्रपति हुन आवश्यक २७० इलेक्टोरल कलेज बराबरको मत आवश्यक हुनेमा सबै मत गणना भैसक्नुअघि नै ट्रम्पले त्यति मत प्राप्त गरिसकेका छन्। पछिल्लो परिणामअनुसार विस्कन्सिनमा जितेपछि ट्रम्प राष्ट्रपति निर्वाचित भएका हुन्।अमेरिकाका ठूलाठूला सहरमा मतदाताले क्लिन्टनलाई मत दिए पनि ग्रामिण इलाकामा मतदाताले ठूलो संख्यामा ट्रम्पलाई भोट दिएको पछिल्ला सर्वेक्षणले जनाएका छन्। मत गणना जारी भएकाले औपचारिक घोषणा हुन भने  बाँकि छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया