अरनिको डेभलपमेन्ट बैंकको नाफा कति ?
काठमाडौं १० बैशाख
अरनिको डेभलपमेन्ट बैंकले पाँच करोड नाफा गरेको छ । चालु आर्थिक बर्षको त्रैमासको वित्तिय विवरणमा बैंकको सो नाफा देखिएको हो ।
वित्तिय विवरण अनुसार यो अवधिमा बैंकले पाँच करोड ६ लाख ७६ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोहि अवधिमा बैंकले तीन करोड ५८ लाख ९८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकले यो अवधिमा नौ करोड ३१ लाख ५१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । ३९ करोड ४४ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भ कोषमा नौ करोड ८६ लाख ८६ हजार रुपैयाँ रहेको छ । दुई अर्ब २४ करोड ५८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले दुई अर्ब ६ करोड ८५ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यो अवधिमा बैंकको खराब कर्जा शून्य दशमलव ६७ प्रतिशत रहेको छ । अरनिकोको प्रतिसेयर आम्दानी १७ रुपैयाँ १३ पैसा प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ दुई पैसा रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया