अरुण काबेलीको सेयर बाँडफाँट नतिजा सार्वजनिक

बिजनेसपाटी ६ पौष

अरुण काबेली पावर लिमिटेडले सर्वसाधारणलाई बिक्री गरेको ३० करोड रुपैंयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर बाँडफाँट गरेको छ । कम्पनीले ३५ हजार रुपैयाँसम्म लगानी गर्नेलाई गोला प्रथाबाट प्रति आवदेन १० देखि १३ कित्ताका दरले र ठुला लगानीकर्तालाई १.९७ प्रतिशत दरले सेयर बाँडफाँट गरेको हो ।

कम्पनीको प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार १ लाख ६० हजार बढी आवेदनबाट ४२ गुणा बढी १२ अर्ब ६४ करोड रुपैंयाँको आवेदन परेकोमा ५ हजार रुपैंयादेखि ३५ हजार रुपैंयासम्मको आवेदन गर्नेले गोला प्रथाबाट १० देखि १३  कित्ताका दरले शेयर पाएका हुन्  ।

आज बाँडफाँट गरिएको सेयरमा ३५ हजार रुपैंयाँ भन्दा माथि ५० हजार रुपैयाँसम्म आवेदन गर्ने सबैले  २.६७ प्रतिशतको अनुपातले शेयर पाएका छन् ।  त्यसभन्दा माथि आवेदन दिने ठुलालगानीकर्ताले अनिवार्य रुपमा १.९७ प्रतिशतका अनुपातले शेयर पाएका छन् । शेयर बाँडफाँड पश्चात कम्पनीको  चुक्तापूँजी १ अर्ब ५० करोड पुगेको छ । अरुण काबेली अरुण भ्याली हाइड्रो पावरको सहायक कम्पनी हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया