अर्थमन्त्रीले गाँजा खेतीको अध्ययन गर्ने घोषणा गर्दा सासंदहरुबीच हाँसो

काठमाडौं १५ जेठ २०८०।

औषधिजन्य प्रयोगका लागि गाँजाको सम्भाव्यता अध्ययन गरिने भएको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै गाँजा खेतीको अध्ययन गर्ने बताएका हुन् । वक्तव्यमा गाँजा खेतीको अध्ययनबारे घोषणा गर्दा संसद ताली र हाँसोले गुञ्जायमान भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया