अर्थमन्त्री खतिवडाले सार्बजनिक गरे १४ खर्ब ७४ अर्बको ६४ करोडको बजेट

काठमाडौं १५ जेठ, ।

सरकारले आगामी आ व २०७७-७८ को लागि बुधबार संघीय संसदमा बजेट सार्वजनिक गरेको छ ।  संसदमा अर्थमन्त्री युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।

सरकारले आगामी आ.व को लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब, आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ जुटाइने खतिवडाले बताए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया