अर्थमन्त्री महरा फेरी पाकिस्तान जाने !

बिजनेसपाटी ६ भदौ

चीनको भ्रमण गरेर फर्किएका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा अब पाकिस्तान भ्रमणमा जाने भएका छन् ।   सार्क अर्थमन्त्रीहरुको बैठकमा भाग लिन महरा पाकिस्तान जान लागेका उनको निजी सचिवालयले जनाएको छ ।  सार्क अर्थमन्त्रीहरुको बैठक पाकिस्तानको राजधानी इस्लामावादमा बिहीबार र शुक्रबार हुदै छ  ।  बंगलादेशका अर्थ मन्त्री अबुल मुहिथ र भारतीय अर्थ मन्त्री अरुण जेटली बैठकमा सहभागी नहुने त्यहाँका संचार माध्यमहरुले जनाएका छन् । अर्थमन्त्रीहरुको बैठक अघि अर्थ सचिव स्तरीय बैठक हुने जनाईएको छ  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया