अर्थ समितिबाट बाफिया पारित, के छन् नयाँ व्यवस्था ?

बिजनेसपाटी ६ मंसिर

संसद्को अर्थसमितिले बैङ्क-वित्तीय संस्था सम्बन्धी कानुनमा संशोधन गर्न बनेको विधेयक (बाफिया) पारित गरेको छ ।  अर्थसमितिका सभापति प्रकाश ज्वालाले अर्थमत्रि  र गभर्नरको सहमतिमा बाफिया परित भएको र केही दिनभित्रमा पारित गर्नको लागि व्यवस्थापिका संसदमा पेस गरिने बताए  । विधेयक (बाफिया) पारित भएसंगै बैङ्क-वित्तीय संस्था संचालनमा आएको १० वर्षपछि संस्थापक सेयर साधारणमा परिणत हुन सक्नेछ ।

यस्तैगरि बैङ्क-वित्तीय संस्थाले साधारण सेयर जारी गर्दा ०.५ प्रतिशत सेयर कर्मचारलाई छुट्टाउनुपर्ने, बैङ्कको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई लगातार २  कार्यकालसम्म काम गर्न पाउने र  कार्यकाल ४ वर्षको लागि हुने व्यवस्था गरिएको छ । ।

फेसबुकबाट तपाईको प्रतिक्रिया