अर्बपतिको सूचीमा भारत ओरालोतिर

नयाँ दिल्ली २७ फागुन

भारतमा ठूला दरका नोट प्रयोगमा लगाइएको प्रतिबन्धका कारण केही धनी व्यक्तिको सम्पत्ति ओरालो लागेको छ ।

तीव्र दरमा आर्थिक वृद्धि भइरहेको यो मुलुकमा हाल १ सय अर्बपति बस्दै आएका छन् । यो अघिल्लो वर्षको तुलनामा ११ ले कम भएको हुरुनले सार्वजनिक गरेको विश्वभरीका धनाढ्यको वर्गीकरणले देखाएको छ ।

हुरुनको वार्षिक सूचीमा भारत अघिल्लो वर्षको तुलनामा एक स्थान ओरालो झरेर चौथो स्थानमा झरेको छ । भारतको यो स्थान अमेरिका, चीन र जर्मनीपछिको हो ।

अर्बपतिको संख्या र सम्पत्तिमा कमी आउनुका पछाडि प्रधानमन्त्री नरेन्द्र मोदीको अमुद्रीकरणको नीति प्रमुख कारक मानिएको छ । मोदीले नोभेम्बर ८ मा ५ सय र १ हजारका दरका नोटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया