अलबिदा श्रद्धेय लिलबहादुर क्षत्री

जन्म वि. सं. १९८९, मृत्यु २०८१ फागुन २९
काठमाडौं, चैत १ । नेपाली वाङ्मयमा तपाईँको योगदान सदा स्तुत्य र अविस्मरणीय रहिरहने छ । ‘बसाइँ’ उपन्यासलगायतका अन्य दर्जनौँ कृतिका आलोकमा तपाईँ नेपाली भाषा र साहित्यका क्षेत्रमा अजर अमर रहनुहुने छ।
लील बहादुर क्षेत्री आसाम, भारतबाट नेपाली भाषामा कलम चलाउने एक भारतीय लेखक हुन्। उहाँको पुस्तक ब्रम्हपुत्रको छेउ छाउका लागि साहित्य एकेडेमी अवार्डबाट सम्मानित भएका हुन् । उनको अर्को पुस्तक ‘बसाईँ’ समाजको सामन्ती र तथाकथित उच्च वर्गको शोषणका कारण पीडित गरिब गाउँलेहरूको कथा हो। यसलाई त्रिभुवन विश्वविद्यालय, नेपालको पाठ्यक्रममा समावेश गरिएको छ। सन् २०१६ मा उनलाई नेपाली साहित्य र भाषामा पुर्याएको योगदानका लागि जगदम्बा श्री पुरस्कारबाट सम्मानित गरिएको थियो । २०२० मा भारत सरकारले उनलाई साहित्य र शिक्षामा अमुल्य योगदान पुर्याएवापत भारतको चौथो सर्वोच्च नागरिक पुरस्कार पद्मश्री प्रदान गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया