अल्बर्ट आइन्स्टाइनको डिभोर्स भएको थियो आजको दिन: १४ फेब्रुअरीमा इतिहासमा के-के भए ?

काठमाडौँ ३ फागुन

– सन् २००५ भिडियो सेयर गर्न सकिने वेबसाईट युट्युब सञ्चालन आरम्भ भएको थियो ।

– सन् १७७९ बेलायती अन्वेषक जेम्स कुकको ५० बर्षको उमेरमा हवाईवासीसितको संघर्षमा निधन भएको थियो ।

– सन १९४५ पेरु, पाराग्वे, चिली र इक्वेडर संयुक्त राष्ट्रसंघमा अवद्ध भएका थिए ।

– सन् २००३ विश्वमै पहिलोपटक क्लोनिङ प्रविधिबाट स्कटल्याण्डमा जन्मिएको डली नामको भेडाको ६ बर्षको उमेरमा निधन भएको थियो ।

– सन् १९१९ चर्चित वैज्ञानिक अल्बर्ट आइन्स्टाइन र मिलेभा मरिकबीच विवाहको १६ बर्षपछि सम्बन्ध विच्छेद भएको थियो ।
नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया