अवरूद्ध अरनिको राजमार्ग दस घण्टापछि खुल्यो

बनेपा २१ भदौ २०७८ ।

पुण्यमाता खोलामा आएको बाढीका कारण डुबानमा परेर अवरूद्ध भएको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपा पुलबजार  खण्डमा पानीको बहाव घटेपछि करिब दस घण्टापछि यातायात सञ्चालनमा आएको छ।

पुलबजार डुबानमा परेको कारण आज बिहान २ः०० बजेदेखि अवरूद्ध भएको सडकखण्ड खोलामा पानीको बहावसँगै केअस्बेर पहिलेदेखि यातायात सञ्चालन भएको प्रहरीले जनाएको छ।

आइतबार रातिदेखि परेको भारी वर्षाका कारण नाला हुँदै बनेपा-पनौती भएर बग्ने पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपा पुलबजार क्षेत्र डुबानमा परेपछि बिहान २ बजेदेखि अरनिको राजमार्ग सडकखण्डअन्तर्गत बनेपा खण्डमा यातायात ठप्प भएको थियो। खोलामा आएको बाढीले बनेपा नगरपालिका-९ र १० को सीमानामा पर्ने पुलबजार क्षेत्रको पुललगायत बजार क्षेत्र नै पूरै डुबानमा परेका कारण चल्न नसकेको यातायातका साधन अहिले सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।  RSS

फेसबुकबाट तपाईको प्रतिक्रिया