अविश्वासको प्रस्ताव सामना गर्नेबारे छलफल गर्न एमाले बैठक सुरु हुदै

बिजनेसपाटी सम्बाददाता

काठमाडौं ३० असार।

पार्टीको भूमिका र पछिल्लो राजनीतिक परिस्थितिबारे संसद बैठकमा छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दैछ । संसद् भवनमा अपरान्ह ३ बजे बोलाइएको बैठकमा नेकपा माओवादी केन्द्रले र कांंग्रेसले राखेको अविश्वासको प्रस्तावको सामना गर्नेबारे छलफल हुने जनाइएको छ ।

सो बैठकमा सांसदहरुलाई पछिल्लो घटनाक्रमबारे जानकारी गराइने र शुक्रबारको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्ने एमाले तयारी रहेको छ ।  माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँग सरकार अल्मतमा परेको हो  । प्रधानमन्त्री केपी ओलीले राजिनामा नदिइ अविश्वासको प्रस्तावको सामना गर्ने जनाएसँगै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहितका दलले प्रस्ताव दर्ता गराएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया