अश्विनिको शिरमा ‘मिस तनहुँ’को ताज

 तनहुँ-११ भाद्र

अश्विनी तामाङले ‘मिस तनहुँ’को ताज पहिरिन सफल भएकी छन् ।  शनिबार साँझ उत्तरशिला चलचित्र हलमा सम्पन्न मिस तनहुँको सिजन २ मा ९ जना प्रतियोगीलाई पछि पार्दै व्यास नगरपालिका २ निवासी १६ बर्षकी अश्विनीले उपाधी चुमेकी हुन् ।

प्रतियोगितामा आकृति पण्डित फस्ट रनरअप भइन् भने सेकेन्ड रनरअपको उपाधी सुरक्षा श्रेष्ठले जितिन् । त्यसैगरी दर्शकको रोजाइमा रोशनी मल्लले उपाधी जितिन्।

प्रतियोगिताको मुल्यांकनकर्तामा पहिलो मिस नेपाल रुबि राणा, मिस्टर टिआरका विजेता शंकर थापा र रेन्बो क्लव अफ फोटोग्राफीका अध्यक्ष भरत गुरुङ  थिए ।

आश्विनीले यामाहाको फेसिनो स्कुटर प्राप्त गरेकी छन् । प्रतियोगिताको फस्र्ट रनरअपले पाँच हजार नगद चेकसहित ताज, प्रमाणपत्र तथा मायाको चिनो र सेकेण्ड रनरअपले पाँच हजार नगद चेकसहित ताज, प्रमाणपत्र तथा मायाको चिनो प्राप्त गरेका छन् ।

प्रतियोगिता डाफे मल्टिमिडियाको आयोजनामा भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया