असार ४ गते ४ बजेदेखि ७ गते बिहान ९ बजेसम्म नबिल बैंकको कारोबार बन्द रहने

काठमाण्डौ ०१ असार २०७८।

नबिल बैंकको सम्पूर्ण बैंकिङ कारोबारहरु आउँदो असार ४ गते ४ बजेदेखि असार ७ गते बिहान ९ बजेसम्म पूर्णतया बन्द हुने भएको छ।

बैकको कोर बैंकिङ सिस्टम (सीबीएस) स्तरोन्नति गर्नुपर्ने भएकोले ३ दिन सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम कार्ड (क्रेडिट र प्रिपेड कार्डबाहेक), रेमिट्यान्स लगायतका सेवा एवं समग्र बैंकिङ कारोबार पूर्ण रुपमा बन्द रहने बैंकले जनाएको हो। सो अवधिमा ग्राहकलाई पर्न जाने असुविधा प्रति बैंकले क्षमायाचना समेत गरेको छ। अत्यावश्यक कारोबारहरुका लागि भने सम्बन्धित शाखा कार्यालयमा अग्रिम सम्पर्क गर्न सकिने बैकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया