असोजभित्र देश भर फोरजी सेवा पुर्याउन निर्देशन

बिजनेसपाटी ५ माघ
नेपाल टेलिकमलाई आगामी असोजभित्र फोरजी सेवा देशैभरी पुर्याउन व्यवस्थापिका संसदको विकास समितिले निर्देशन दिएको छ। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले टेलिकमले फोरजीका लागि अनुमति पाएको एक वर्षभित्र मुलुकभर विस्तार गर्न निर्देशन दिएको छ । गत असोजमा फोरजीका लागि टेलिकमले अनुमति पाएको थियो । नेपाल दूरसञ्चार प्राधिकरण र सूचना तथा सञ्चार मन्त्रालयलाई बैठकले फोरजी विस्तारका लागि सहजीकरण गर्न पनि निर्देशन दिएको छ । गत पुष १७ गतेदेखि टेलिकमले फोरजीको सफ्ट लन्च गरेको थियो । समितिले पोष्टपेडमा मात्र नभइ प्रिपेडमा पनि फोरजी सञ्चालन गर्न टेलिकमलाई निर्देशन दिएको छ। हाल टेलिकम क्षेत्रमा देखिएको रिचार्ज नहुने, आवाज नसुनिने र समयमा सेवा नपाउने जस्ता समस्याको तत्काल समाधान गर्न पनि समितिले टेलिकमलाई निर्देशन दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया