अस्ट्रेलियाको सिड्नीमा नाईफाको प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न

अरुण गौतम
सिड्नी २ अशोज
करिब दुई वर्ष अगाडी स्थानिय कलाकारहरुलाई सम्मान गर्ने र उनिहरु भित्र रहेको कलालाई उचित स्थान दिनुकासाथै अस्ट्रेलियामा रहेका नवप्रतिभाहरुलाई उजागर गर्ने अभिप्राय बोकेको सँस्था हो नेपलिज युथ फोरुम अस्ट्रेलिया (NYFA) । उक्त संस्थाको प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ ।

एभ्रेष्ट तन्दुरी हल कोग्रामा भएको सो कार्यक्रमको बन्दसत्र दिनको करिब ३:०० बजेबाट सुरु भयको र ६:०० बजेसम्म चलेको थियो। बन्द सत्रबाटनै १६ सदस्य कार्य समिति सदस्यहरु सर्वसम्मतमा चयन भयका छन् र ५ सदस्य मनोनित हुन बाँकि गरी जम्मा २१ सदस्यीय कार्यसमिति बनाईने भएको छ।
सभामा समुदायका अगुवाहरु,विभिन्न संघ संस्थाहरुबाट आमन्त्रित नेपाली समुदायलाई माया गर्ने व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो।
सभाको औपचारिक कार्यक्रमको संचालन सागर अधिकारीको रहेको थियो भने कार्यक्रममा उपाध्यक्ष मुक्तिराम पोखरेलले स्वागत मन्तव्य दिनु भएको थियो।ast
निबर्तमान अध्यक्ष भरत देवकोटाले आफ्ने कार्यकालमा भएका कार्यक्रमहरुको बारेमा प्रकास पार्नुकासाथै आर्थिक प्रिवेदन प्रस्तुत गर्दै नाईफाले हालसम्म गरेको सराहनिय कार्यको चर्चा गर्नुभयको थियो।देवकोटाले सिड्नीमै रहेका स्थानिय नेपाली कलाकारहरुको प्रतिभा लाई कदर गर्दै तथा सिड्नीमा पहिलो पटक नेपाली स्थानिय कलाकारहरुलाई पारीश्रमिक दिने शुरुवात नेपाली युथफोरम अष्ट्रेलियाले गरेको बताउनुभयो।स्थानिय कलाकारहरुलाई प्रवर्धन गर्ने उद्देश्य तथा सामाजिक परोपकारको लागि गरिएको कार्यक्रम शुभकामना सांझ “२०१५” तथा “२०१६” सम्पन्न,नेपालमा भुकम्प जाँदा गरिएको “फन्ड राईजिङ “कार्यक्रम, हरेक वर्ष रक्तदान कार्यक्रम साथै हालै अस्ट्रेलियामा काममा हुने गरेको श्रम शोषणलाई गरियको सर्भेमा समेत नाईफा खुलेर अगाडी आयको र नेपाली समुदायसंग जोडिएका विभिन्न कार्यक्रमहरुमा हातेमालो गर्दै यो दुई वर्ष कार्यकाल पुरा भएको बताउनुको साथै वहाँले नयाँ कार्यसमितिको घोषणा समेत गर्नुभयो ।
नयाँ कार्यसमितिको अध्यक्षमा सागर अधिकारी, उपाध्यक्षमा मुक्तिराम पोखरेल, महासचिवमा अरुण गौतम, सचिवमा दामोदर रावल,कोषाध्यक्षमा अर्जुन अखेलि क्षेत्रि,रहेका छन् भने सदस्यहरुमा सुवास लामीछाने,सिर्जना खड्का,निर्मल ढुङ्गाना,दिवाकर काफ्ले,महेश्वर शर्मा,समिर आचार्य,प्रवेश अधिकारी,नम्रता शर्मा,युवराज अधिकारी,झलक गुरुङ,ललित रोका,रहेका छन।
संस्थाको संरक्षकमा भरत देवकोटा रहनुभएको छ,साथै सल्लाहकारहरुमा फिजीकालागि नेपाली सांकृतिक राजदुत अन्तरराष्ट्रि नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष भिमसेन सापकोटा,न्यु साउथ वेल्स राज्यको लागि पर्यटन बोर्डका मानार्थ प्रतिनिधि बद्रि अर्याल,अस्ट्रेलियन लिबरल फ्रेन्ड्सका श्री नापित तथा समाजसेवि दीपक भट्टराई रहनुभएको छ।
नयाँ कार्यसमितिको घोषणा पस्चात् कार्यक्रमलाई महासचिव अरुण गौतमले संचालन गर्नु भएको थियो । उक्त कार्यक्रममा उपस्थित समुदायका अगुवाहरु, विभिन्न संघ संस्थाहरुबाट आमन्त्रित नेपाली समुदायलाई माया गर्ने व्यक्तिहरुले नयाँ कार्यसमितीका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिँदै रात्रिभोज पस्चात् ९:०० बजे सभा बिसर्जन गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया