अस्ट्रेलियाको सिड्नीवाट डा.केसीलाई युवाहरुको समर्थन

अरुण गौतम,

सिड्नी,३०आषाढ
मेडिकल शिक्षा सुधारको मागलाई लिएर डा.गोविन्द केसीले फेरी अनसन सुरू गरेका छन्। मेडिकल शिक्षाका बेथिति अन्त्य गर्न माथेमा आयोगको प्रतिवेदन लागू गराउने प्रतिबद्धताबाट सरकार ढुलमुल भएपछि डा.केसी अनसन बसेका हुन्। अनसन आजसम्म ५ औ दिनमा पुग्दा उनको शरीरका अंगहरु कमजोर हुँदै गएको र कुनै पनि बेला उनको स्वास्थ्यमा जटिलता उत्पन्न हुने खतरा बढेको चिकित्सकहरुको आँकलन छ।
सिड्नी निवासी समाजसेवी तथा एनअारएनए अस्ट्रेलियाको कोषाध्यक्ष डिला खरेलले भर्खरै आफ्नो फेसबुक वालबाट विश्वभरि छरिएर रहेका देशप्रेमी युवाहरुलाई एक जुट भएर यस्तो अपिल गरेका छन्।

                                                                        हार्दिक अपिल !!!

विविध वाध्यता वा कारणवस हामी परदेशमा रहँदै आएपनि हाम्रो देश सधैं हाम्रो मनमा हामीसंगै छ। राजनीतिक अस्थिरता संगसंगै अनेकौं विकृति विसंगतिको महामारीले देश आक्रान्त बनेकोमा नदुख्ने नेपाली मुटु सायदै भेटिएला। देशको समग्र विकासका लागि आवस्यक पूर्वाधारहरु पर्याप्त मात्रामा नहुनुको बिडम्बना देशले दुर-दराजमा भोगिरहेको छ नै, भएका सिमित पूर्वाधारहरु माथि पनि चरम राजनीतिकरण भैदिंदा देशले अग्रगमनको कछुवा गति समेत लिन सकेको छैन।
शिक्षा एवम स्वास्थ्य लगायतका अत्यावस्यक पूर्वाधारहरु समेत राजनीतिक वा आर्थिक पहुँचका आधारमा हुने माफियाकरणको रोगले           ग्रस्त छन्। यहि महामारीको पिडाबाट सिंगो देशलाई सन्चो बनाउने पवित्र अभियानमा लाग्नुभएका एक महामानव, डा. गोविन्द के.सी, स्वास्थ्य शिक्षामा हुने राजनीतिकरण एवं माफियाकरणको विरोधमा सत्याग्रह स्वरुप केहि दिनदेखि आमरण अनसनमा बस्नुभएको छ। विगत केहि वर्षदेखि वहाँले निरन्तर यिनै जायज मागहरु राख्दै भद्र एवं शान्तिपूर्ण आन्दोलन गर्दै आउनु भएको कुरा यहाँहरुलाई अवगत नै छ। गत वर्ष पनि ११ दिन सम्म अनसनरत वहाँका मागहरु सरकारले यथासिघ्र सम्वोधन गर्ने लिखित प्रतिवद्धता जाहेर गरे पछि वहांले अनसन तोड्नु भएको थियो। तर लाजमर्दो कुरा के छ भने सम्वन्धित निकायले वहाँका माग हरुको सुनुवाई नगर्दा र सरकार आफैले गरेको लिखित प्रतिवद्धता समेतको हेक्का नराख्दा वहाँ पुन: अनसनमा बस्नुभएको छ।
सिधा अर्थमा भन्नु पर्दा डा. के.सीको आन्दोलन भनेको मेडिकल शिक्षा क्षेत्रमा हुने सम्पूर्ण अनियमितता एवं विसंगतिहरुको निर्मूलन नै हो। वहाँ कुनै किसिमको व्यक्तिगत फाइदाका लागि नभएर सिंगो मुलुकको हितका हेतु आन्दोलनमा सरिक हुनु हुन्छ। प्रश्न वहाँलाई समर्थन गर्ने वा नगर्ने भन्ने होइन। कुनै शिक्षित नेपाली छैन होला जसले डा. गोविन्द के.सीको आन्दोलन को समर्थन नगरेको होस्। प्रश्न यो हो कि, हामीले मनै मनमा समर्थन गर्ने र फेसबुक-ट्विटरमा मात्रै लेखेर समर्थन गर्ने हो वा हाम्रो समर्थनलाई उनको आन्दोलन समेतमा दवाव सिर्जना हुने हिसाबमा सिर्जनात्मक केहि गर्ने ?
साथी भाइ हरुको सल्लाहमा हामीले डा. केसीको आन्दोलनको समर्थनमा दवाव सिर्जना गर्ने उद्देस्य सहित सम्भव भए सम्मका देशमा विविध रचनात्मक कार्यक्रमहरु आयोजना गर्ने योजना बनाएका छौं। गत वर्ष हामीले अष्ट्रेलियाको सिड्नीमा आयोजना गरेको जस्तै दवावमुलक कार्यक्रम गर्ने हाम्रो योजनामा तपाईं के कस्तो भूमिका निर्वाह गर्न चाहनु हुन्छ कृपया हामीलाई सम्पर्क गर्नुहोला। आउनुहोस एकपटक देशका लागि पुन: हातेमालो गरौँ।

भवदीय,
डिला खरेल
सिड्नी , अस्ट्रेलिया

sidneee

 

 

 

 

 

 

 

 

 

अघिल्लो  पटक डा केसीको  समर्थनमा सिड्नीमा  भेला भएका  युबाहरु 

फेसबुकबाट तपाईको प्रतिक्रिया