अस्ट्रेलियामा आर.के.एस् ले भद्रगोल गर्ने

 

अरुण गौतम,

सिड्नी,अष्ट्रेलिया, १८ जुन शनिवार

अस्ट्रेलियामा २ वटा ग्रान्ड सक्सेस प्रोग्राम नेपाली धमाका नाईट २०११ र २०१३ गरेपछी रविन्द्र कुमार शर्माको अर्को प्रोग्राम अस्ट्रेलियामा भद्रगोल उनको आफ्नै कम्पनी आर.के.एस् अस्ट्रेलिया बाट यहाँका बिभिन्न सहरहरु सिड्नी,मेलबर्न,ब्रिसवेन र तस्मानियामा धमाका गर्दै छन्। पहिलो धमाका नाईट २०११ मा गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालले सिड्नीमा धमाका मच्चाउन सफल भयका थिय भने २०१३ को नेपाली धमाका नाईटमा सम्भुजित बास्कोटा,सुक्मित गुरुङ र मान्डवी त्रिपाठीले धमाका मच्चाउन सफल भयका थियभने यो पाली आर.के.एस अस्ट्रेलियाको प्रस्तुति रहने अष्ट्रेलियामा भद्रगोल नामक कार्यक्रममा अर्जुन घिमिरे पाँडे, कुमार कट्टेल (जिग्री), सागर लम्साल (बले) र हरि निरौला (स्लो मोसन) को साथमा गायक प्रकाश पौडेलको पनि बिभिन्न प्रस्तुती रहने छ।

सबै कलाकारहरुको भिजा लगाउन सफल भयकोमा आफु धेरै आभारी भयको कुरा ईपी माईग्रेसनका खिलेन्द्र राज तिम्सिनाले बताउनु भयो। यस्तो कार्यक्रममा टाइटल स्पोन्सर सिड्नीकै टप वाबा एजुकेशन कन्सल्टेन्सी र जी.ई.आई कलेज सँग काम गर्न पाउदा खुसी लागेको कुरा होर होईन होला ईभेन्ट्सका प्रोग्राम म्यान्जमेन्ट टिमका रोसन भट्टराईले बताउनु भयो। रविन्द्र कुमार शर्माले दिनुभयको जानकारी अनुसार सबै धमाका नाईटमा सिड्नीको चर्चित डान्स ग्रुप नेपईन्डो फ्युजनको उषा बारिया र उनको टिमले सहयोग गर्दै आईरहेका छन् र यसपटकको प्रोग्रामलाई पनि नेपईन्डो ग्रुपले टप नेपाली नम्बरहरुमा आफ्नो प्रस्तुति दर्शकहरुमाझ पस्किने जानकारी गराउनुभयो।

अष्ट्रेलियाको मेलबर्नबाट २६ जुनमा सुरुहुने धमाका,ब्रिजबेनमा जुलाई ३,तस्मनियामा जुलाई ६ र सिड्नीमा जुलाई ९ तारिखका आयर समाप्ति हुनेछ। यस पटक दर्शकहरुलाई हास्य ब्यङग ,डान्स र गित सबै प्याकेज मार्फत पारिवारिक मनोरञ्जन दिन कार्यक्रम आयोजना गर्न लागिएको र यस प्रोग्रामको थप जानकारीको लागि ०४६६२१०६५४ मा सिधै सम्पर्क गर्न सकिने आर.के.एस् का डाईरेक्टर रबिन्द्र कुमार शर्माले बिजनेसपाटी डटकमलाई बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया