अस्ट्रेलियामा नेपालको पर्यटन प्रवर्धनको निम्ति एक हप्ता कार्यक्रम गरिने

विजनेसपाटी संबाददाता,

सिड्नी,अस्ट्रेलिया १२ भदौ 

नेपालको पर्यटन प्रवर्धन गर्ने उदेश्यले अष्ट्रेलियामा एक साता लामो मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिने भएको छ । अष्ट्रेलियास्थित प्रवासी नेपाली मञ्च, नेपाल पर्यटन वोर्ड र नेपाल सरकार पर्यटन मन्त्रालयको आयोजनामा अक्टोबर १५ देखि एक सातासम्म अष्ट्रेलियाका तिन मुख्य शहरहरु सिड्नी, ब्रिसवेन र मेलवर्नमा क्रमस अक्टोबर १५, २० र २२ तारिखमा मनोरञ्जनात्मक एवं प्रबद्र्धनात्मक मेलाको आयोजन गर्न लागिएको हो। सेफ नेपाल भिजिट नेपाल भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको कार्यक्रम एमाले महासचिव ईश्वर पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ ।

प्रवेश शुल्क २०डलर तोकियको उक्त कार्यक्रममा नेपालबाट लोक गायक बद्रि पंगेनी, हास्य कलाकार जीतु नेपाल, प्रिती लामा र मिलन अमात्यको प्रस्तुती रहनुका साथै कार्यक्रममा नेपाली मौलिकता झल्किने बिभिन्न खालको स्टलहरु पनि रहनेछ। सिड्नीका लागि प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका उपाध्यक्ष केशव जोशी, क्वीनसल्याण्डका लागि उपाध्यक्ष रमेश पौडेलले संयोजकत्व गर्नेछन् भने भिक्टोरीयाबाट संगठनका उपाध्यक्ष राम रानाभाटको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ र रानाले नै भिक्टोरियामा कार्यक्रमको संयोजकत्व गर्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया