अस्ट्रेलियामा बीएमएसले तिज भव्य पार्दै
अरुण गौतम,
सिड्नी, २१ असार
यतिखेर अस्ट्रेलिया महिलाहरुको महान् चाड तीजको माहोलले तातियको छ । तीज आउन अझै केहि महिना बाँकी रहेपनि यहाँ आयोजकहरु कसरी तिजलाई अझ व्यवस्थित र रमाईलो बनाउने भनि लागिपरेका छन्। प्रवासमा ठुला चाड पर्वहरु कुनै विशेष तिथि मिती भन्दापनि समय अनुकुल पारेर मनाइने गर्छ। यस पटक तिजलाई अझ व्यवस्थापित र रमाईलो बनाउन बीएमएस फिल्म्स लागिपरेको छ।मोर्टगेट अम्पायरको सहकार्यमा आगामी जुलाई ३० तारिखका दिन “तीज धमाका” हुने भएको छ ।
सिड्नीको हर्षभिलस्थित मराना अडिटोरियममा संन्चालन हुने तीज धमाकामा नेपालबाट चर्चित लोकगायक पशुपति शर्मा र मन्जु पौडेल सिड्नी आउने भएका छन् भने लोक तथा आधुनिक भाकामा लोकप्रिय मानिने सिड्नी निवासी गायक नरेश रेग्मीले तिजको माहोललाई अझ तताउनेछन्। कार्यक्रमको सम्पुर्ण आन्तरिक तयारी सकिसकेको कार्यक्रम सिड्नी लगायत क्यानबेरा र मेलवर्नमा समेत आयोजना गर्ने तय गरियको छ।यस्ता खाले कार्यक्रमले प्रवाशी नेपालीको कला संस्कृतिको जगेर्ना गर्नुकासाथै साथै हामी नेपालीहरुमाझ आपसी सदभाव समेत बढाउने “तिज धमाकाका” आयोजक तथा बिएमएस् फिल्मसका डाईरेक्टर बिरेन्द्रदीप मल्लले बिजनेसपाटीलाई जानकारी गराउनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया