अस्ट्रेलियामा समाजसेवी भट्टराईको सम्झनामा रक्तदान  

सिड्नी २१ माघ

अष्ट्रेलियामा रहेको सृजनशिल युवाहरुको संगठन नेपाली युथ फोरम अष्ट्रेलियाले हरेक वर्षझैँ यो वर्ष पनि रक्तदान आयोजना गरेको छ । अघिल्लो वर्ष यसै संस्थाका संस्थापक महासचिव तथा समाजसेवी सुरज भट्टराईको हृदयघातका कारण अल्पायुमै मृत्यु भएपछि स्वर्गीय भट्टराईकै स्मृतिमा फोरमले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

शनिबार अष्ट्रेलियन रेडक्रस ब्लड डोनर सेन्टरसँगको सहकार्यमा ४८३ जर्ज स्ट्रिट टाउनहलमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।दिनको ठिक २ बजेबाट सुरु भएको कार्यक्रम करिब ४ बजे समापन भएको थियो । १३ रक्तदाताहरुको रक्तदान भएको कार्यक्रममा ११ रक्तदाताहरुले होल बल्ड (Whole Blood) र बाँकी २ ले प्लाज्मा (Plasma) दान गरेको संस्थाका प्रवक्ता दिवाकर काफ्लेले जानकारी दिए । कार्यक्रममा संस्थाका अध्यक्ष सागर अधिकारीले उपस्थित हुनुहुने सबैप्रति आभार व्यक्त गरे । कार्यक्रमलाई फोरमका महासचिव अरुण गौतम र सचिव दामोदर रावलले संयोजन गरेका थिए । फोरमले आफ्नो स्थापनाकाल देखी नै प्रत्येक बर्ष रक्तदान गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया