अस्ट्रेलियामा नेपाल फेस्टिबल गरिने

 अरुण गौतम,

सिड्नी, ८ जुलाई, २०१६

नेपाली पर्यटन प्रवरद्धन र कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले अष्ट्रेलियामा नेपाल फेस्टिबलको तयारी शुरु गरिएको छ ।अष्ट्रेलियामा रहेका सबै संघसंस्थाहरुसँगको सहकार्यमा महोत्सव सम्पन्न गर्नेगरि सबै संघसंस्थाका प्रतिनिधीहरुसँग छलफल कार्यक्रम तय गरियको थियो। छलफल कार्यक्रममा सहभागीहरुले नेपाल महोत्सव सम्पन्न गराउन सबैको सरसल्लाह र छलफल आवश्यक भएको औल्याएका थिए। आगामी नोभेम्बर २६ तारिखदेखि सिड्नीबाट नेपाल महोत्सव शुरु गरिने तय भयको छ।हरेक दुई बर्षमा हुँदै आएको नेपाल फेस्टिबल अष्ट्रेलियाका ६ वटा राज्यका शहरहरुमा अलग अलग समयमा हुने गरेको छ ।

एनआरएन अष्ट्रेलियाले नेपालको पर्यटनलाई प्रबर्द्धन गर्न र नेपाली कला संस्कृतीको प्रचार प्रसार गर्ने उद्देश्यले २००६ देखि नेपाल फेस्टिबल आयोजना गर्दै आएको छ । सिड्नीमा नोभेम्बर २६ मा सुरु हुने नेपाल फेस्टिबल ब्रिसबनमा नोभेम्बरमै गरिने र मेलबर्नमा डिसेम्बर आयोजना गरिने तय गरिएको छ ।उक्त फेस्टिबल एडिलेड, पर्थ लगायतका शहरहरुमा समेत क्रमैसँग आयोजना हुनेछ । यस्ता फेस्टिबलको माध्यमबाट अष्ट्रेलियामा बसोवास गर्ने नेपालीहरुलाई एकआपसमा आपसी भाइचारा बढाउन मद्दत पुर्रयाउने एनआरएनए अध्यक्ष सुरेन्द्र सिग्देलले कार्यक्रममा जानकारी गराउनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया