अस्ट्रेलिया आएर गरे उपेन्द्र यादवले यस्तो बिरोध

विजनेसपाटी संबाददाता, ६ असार
सिड्नी,अस्ट्रेलिया
संघिय नेपाली समाज अस्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा अस्ट्रेलिया आएका संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा अस्ट्रेलिया स्थित सिड्नीमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गणेश तामाङ्गको अध्यक्षतामा  सम्पन्न भएको उक्त कार्यक्रममा जनरल कन्सुलर दिपक खड्का ,एन्.आर.एन अध्यक्ष सुरेन्द्र सिक्देल लगायत अस्ट्रेलियामा रहेका विभिन्न भातृ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो। कार्यक्रममा एन आर एन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले पार्टीको झोले भएर नहिड्ने बताउदै एन आर एन हरुलाई देशमा लगानी गर्ने वातावरण सिर्जना गर्न सम्पूर्ण दल र नेताहरु लाग्नु पर्ने बताए ।
त्यसैगरी नया शक्तिको भातृ संगठन अन्तराष्ट्रिय नेपाली समाजका संस्थापक संयोजक बिनोद पौडेलले मधेसका जायज माग नेपाल सरकारले पुरा गर्नु पर्नेमा जोड दिदै उखान उनले उपेन्द्र यादब तिर लक्षित गर्दै भने “६ महिना सम्म नाका बन्द गरेर नाकामा बस्नेले के कर्णालीमा गयर धर्ना बस्न सक्छ ? मधेसबादी दलहरुलाई मधेस र मधेसीको मात्रै नेता नभएर सम्पूर्ण नेपालीको नेता हुन आग्रह गरे। उक्त कार्यक्रममा “कर्णाली बचाऔ अभियान”का सदस्यले कर्णाली बचाऔ अभियानको अनलाइन पिटिसन मार्फत (७० देशमा बसोबास गर्ने नेपाली बाट) संकलन गरेको ७ हजर नेपालीको हस्ताक्षर (ज्ञापन पत्र,पिटिसन्) उपेन्द्र यादब र उनको पार्टीलाई हस्तान्तरण गरे र उक्त ज्ञापन पत्र प्रधानमन्त्री केपी ओलीलाई बुझाउन आग्रह गरे।
विकसित देशमा विरोध गर्न पिटिसन नै पर्याप्त हुने प्रचलन रहेकोले ६ महिना सम्म देशको नाका बन्द गर्नुभन्दा सभ्य रुपमा आफ्ना मागहरु सम्बन्धित पक्षसंग राख्ने क्रमको बिकास गर्नुपर्ने र पिटिसनको चलनलाई नेपालमा समेत बिकास गराउन उनले जोड दिए। “कर्णाली बचाऔ अभियान”का सदस्यहरुले कर्णालीबारे आफ्नो धारणा राख्न आग्रह गर्दा यादवले भने मधेसी दलहरुले अहिले सम्म कुनै पनि सम्झौताहरु हस्ताक्षर गरेका छैनन।नेपालको पुँजी लगानीको लागि बाहिर गैरहेको अबस्थामा विदेशी पुँजी नेपाल आउनु राम्रो संकेत होइन । कुनै पनि कम्पनि नाफाको लागि लगानी गर्न आउदछ र त्यो स्वाभाविक हो तर कोहि लगानी गर्न आयो भन्दैमा देशलाई घाटा नै हुने गरि सन्धि सम्झौता गर्न हुदैन भन्ने उनले जोड दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया