अस्थायी भएका शिक्षकले आन्तरिक प्रतिस्पर्धा गर्न पाउने

काठमाडौं १३ जेष्ठ

– आठ महिना अघिसम्मका अस्थायी नियुक्ति पाएका सामुदायिक विद्यालयका  शिक्षकले स्थायीका लागि प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।व्यवस्थापिका संसद अन्र्तगतको महिला बालबालिका जेष्ठ नागरिक र समाज कल्याण समितिको बुधबारको बैठकले संविधान जारी भएको अघिल्लो दिन असोज २ गतेसम्म अस्थायी भएका शिक्षकले आन्तरिक प्रतिस्पर्धा गर्न पाउने व्यवस्था पारित गरेको हो ।

सरकारले ०६९ पुस १९ सम्म अस्थायी  शिक्षकले प्रतिस्पर्धा वा सुविधा रोज्नुपर्ने प्रस्ताव राखेको थियो । प्रतिस्पर्धामा छनौट हुन नसकेका अस्थायी शिक्षक प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशित भएको मितिबाट स्वतः अवकास भएको मानिने छ ।

राहत शिक्षकलाई पनि एक पटकको लागि प्रतिस्पर्धा गर्न उमेर हद नलाग्ने व्यवस्था गरेको समितिका सदस्य कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया