आइएमइ जनरल इन्स्योरेन्सको एकै पटक तीन शाखा संचालनमा

बिजनेसपाटी २३ माघ ।

आइएमर्इ जनरल इन्स्योरेन्सले सोमबार एकै पटक तीनवटा शाखा संचालनमा ल्याएको छ। इन्स्योरेन्सले झापाको दमकसुनसरीको इटहरी र मोरङको विराटचोकमा नयाँ शाखा विस्तार गरेको हो। इन्स्योरेन्सका संचालक योगेश्वर शर्मा ढकाल र प्रतापजंग पाण्डेले सो शाखा कार्यालयहरुको उदघाटन गरेका हुन् ।

सोमबारदेखि संचालनमा आएका तीन शाखासहित कम्पनीले २६ वटा शाखा बिस्तार गरेको छ। यसैगरी तीन वटा उपशाखा तथा १० स्थानबाट काउन्टर सहित सम्मा ५४ स्थानबाट सेवा दिने जनाएको छ।

इन्स्योरेन्सले आगामी दिनमा सेवा विस्ता रकालागि अझै शाखा तथा उपशाखा खोल्ने योजना बनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत योगशभक्त वादेले कम्पनीको केन्द्रीय कार्यालयबाट ३६५ दिन नै सेवा दिएको बताए।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा ४३ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ । इन्स्योरेन्सले आगामी दिनमा अझै सेवा विस्तार गर्दै बीमा शुल्क आर्जन बढाउने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया