आइएमईको दशैं योजना सार्वजनिक

काठमाडौ ७ अशोज ।
आइएमईले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजना सार्वजनिक गरेको छ । यो योजना २०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ । साथै योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुनसक्ने कम्पनीले जनाएको छ ।
आफ्नो स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमूखि र व्यवसायीक साझेदारमूखि योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यसपालीका पर्वहरूमा देश विदेशमा रहनुभएका लाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी यो प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको हो । योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’ मार्फत रू.१००० को बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१०,००० नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई रू. १ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई रू. २० (बिस) लाख नगद प्रदान गरिने कम्पनीले जनाएको छ ।
‘लक्की ड्र’ बाट छानिएका विजेता सेवाग्राहीहरूको सिफारिस बमोजिम नेपालमा बस्नुहुने आफन्तलाई समेत पुरस्कार प्रदान गरिनेछ । सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी योजना अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । आइएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने कम्पनीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया