आइएमईको ७ मा ७ अफर

काठमाण्डौ ५ बैशाख २०८० ।आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ भन्ने मुल नाराको साथ नयाँ योजना सार्वजनिक गरेको छ ।विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाकादरले सात प्रदेशका ७ जना गरि ४ हप्ताका कुल २८ भाग्यशाली विजेताहरुलाई उपहार स्वरुप जनही नगद रु ७ हजार प्रदान गरिने छ । उक्त योजना २०८० बैशाख १ गतेदेखि ३१ गते सम्मका लागि सञ्चालन हुनेछ ।

विदेशमा रहनुभएका नेपालीहरुले आइएमई वा आइएमईका साझेदारहरु मार्फत पठाएको रकम आइएमई पे, बैंक डिपोजिट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरि यस योजनामा सहभागी हुन सक्नेछन् ।

योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ भने सो सम्बन्धि जानकारी कार्यालयका आधिकारिक सामाजिक संजाल र वेभपेजहरूका अतिरिक्त आमसंचार माध्यम मार्फत सार्वजनिक गरिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया