आइएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबिच सम्झौता
काठमाडौं १९, असार २०७९ आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्राइभेट लिमिटेड बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकका प्रबन्ध निर्देशक श्री शिव राज केसीले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिक महाराजगंज, काठमाण्डौँमा प्राप्त हुने सेवाहरु जस्तैः , एक्सरे,युएसजी, इसिजी लगायतका सेवाहरुमा १०% सम्म र ओपिडीमा २५% सम्मको आकर्षक छुट प्राप्त हुने संस्थाले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया