आइएमई जनरल इन्स्योरेन्स र सि.पि.अस्पतालबीच सम्झौता

बिजनेसपाटी २८ श्रावण ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सि.पि.अस्पताल प्रा.लि. धनगढी, कैलाली बिच आफ्ना ग्राहकहरुलाई नगद रहित अन्तरंग सेवा प्रदान गर्ने सहकार्यका लागि आपसी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमासम्म सि.पि.अस्पताल प्रा.लि., धनगढी, कैलालीबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र सि.पि.अस्पताल प्रा.लि., धनगढी, कैलालीका तर्फबाट अस्पताल प्रशासकीय निर्देशक विकाश मौनीले हस्ताक्षर गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया