आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेजबिच सेवा सम्झौता

बिजनेसपाटी ८ भाद्र ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नगद रहित अन्तरंग सेवा स्वास्थ्य बीमा योजना अगाडि ल्याएको छ । उक्त सेवालाई प्रदेशिक तहमा समेत विस्तार गर्ने उदेश्य सहित यस आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेशनल मेडिकल कलेज प्रा.लि. वीरगंज, पर्सा विच आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमासम्म नेशनल मेडिकल कलेज प्रा.लि. वीरगंज, पर्साबाट नगद रहित अन्तरंग सेवा प्राप्त हुनेछ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र नेशनल मेडिकल कलेज प्रा.लि. वीरगंज, पर्साका तर्फबाट निर्देशक अबीद हसन अन्सारीले हस्ताक्षर गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया