आइएमई जनरल इन्स्योरेन्सको कञ्जनपुरमा थप शाखा विस्तार

माघ २४ विजनेश पाटी
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड कम्पनीको थप एक शाखा कञ्जनपुरको महेन्द्रनगरमा मिति २०७५ माघ २३ गते औपचारिक उद्घाटन भएको छ । कम्पनी संचालक समितिका अध्यक्ष श्री हेमराज ढकाल र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री जङ्घबहादुर मल्लले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
उक्त समारोहमा महाकाली यातायात समितिका अध्यक्ष श्री डम्बर राज पन्त, कन्चनपुर हार्डवयर एशोसिएसनका अध्यक्ष श्री दानसिंह ठकुराठी ,पवन दुग्ध ब्यवसायी समितिका अध्यक्ष श्री निराजन बहादुर मल्ल ,स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको स्योरेन्सको तर्फबाट नायव महाप्रबन्धक शरण रेग्मीद्धारा जारी गरिएको विज्ञाप्तिमा जनाएको छ ।

कम्पनी संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराउँदै ४४ वटा शाखा तथा उपशाखा १० वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्ने जानकारी दिनुभयो । ढकालेले भविष्यमा एक सफल र सवल कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने बताउँदै अफ्ना ग्राहक महानुभावहरुलाई सहज बीमा सेवा प्रदान गरी सन्तुष्ट ग्राहकहरुको साथमा कम्पनी अगाडी बढ्ने जानकारी गराउनु भयको थियो ।

सोही कार्यक्रममा विभिन्न संघ, संस्था, बैंक तथा वित्तीय कम्पनी, सहकारी संस्थाका प्रमुखहरुले कम्पनीले स्थानिय स्तरमा सेवा प्रदान गर्नको लागि महेन्द्रनगरमा शाखा विस्तार गरी बीमा सेवा प्रदान गर्ने प्रण गरेकोमा कम्पनीका अध्यक्ष तथा संचालक समिति लगायत व्यवस्थापनलाई धन्यवाद दिंदै कम्पनीको उत्तरोत्तर प्रगतिको कामनाका साथ कम्पनीसंग व्यवसाय विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया