आइएमई जनरल इन्स्योरेन्स हरिपुर बिच सम्झौता

काठमाडौं २ फागुन
विजनेशपाटी र आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र हरिपुर नगारपालिका, सर्लाही बिच हरिपुर नगरपालिकाको आफ्नो सम्पूर्ण बीमाहरू लगायत नगरवासीहरूको भौतिक सम्पत्ती लगायत सम्पूर्ण कृषकहरूको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा संझौता भएको छ ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक श्री मुनिन्द्र ठाकुर र हरिपुर नगरापालीकाका नगर प्रमुख श्री जमिरुद्धिन मन्सुरले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पश्चात हरपुर नगरापालिकाको सम्पूर्ण बीमा लगायत नगरवासी दाजुभाई तथा दिदी बहिनीहरूले आफ्नो पशु पन्छी तथा बालिनालीको बीमा ढुक्कसँग आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरपालिकाले आफ्ना नगरवासीहरूको पशुधन, कृषि तथा नगरावासीहरूको दुर्घटना बीमा गराई आफना नगरवासीहरूलाई सदैव ढुक्क भएर आफनो व्यावसाय गर्न प्रेरणा हुने विश्वास नायव महाप्रबन्धक शरण रेग्मीद्धारा जारी विज्ञाप्तिमा जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया