आइएमई पेको क्यासब्याक अफर सार्वजनिक

काठमाडौं २६,जेठ २०७९। आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले यहि जेठ २५ गते देखि नयाँ क्यासव्याक अफर सार्वजनिक गरेको छ ।


“प्रिमियम तिरौं क्यासब्याक पाऔ”ं नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे मार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभइ प्रिमियम तोकिएको मिति सकिएको ७ दिन भित्र भुक्तानी गर्दा रु. १००० सम्मको क्यासब्याक पाउनेछन् र अफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडी जित्न सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया