आइएमई पेबाट बीमा प्रिमियम भुक्तानी गर्दा १ हजार क्यासब्याक

काठमाडौं २० पुस २०७९।आइएमई पे र आई. एम. ई लाइफइन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार आई. एम. ई लाइफइन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा रू.१ हजार सम्म क्यासब्याक प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।सम्झौता आदान प्रदान कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोद मान सिंह बस्नेतल ेयो सम्झौतासँगै डिजिटल वालेटको माध्यमबाट बीमा प्रिमियम भुक्तानी गर्न ग्राहकहरुलाई प्रोत्साहन मिल्ने बताए ।


सम्झौता पश्च्यात आई. एम. ई लाइफ इन्स्योरेन्सका प्रयोगकर्ताहरूले नेपाल भरि जहाँबाट पनि सजिलै आइएमई पेबाट प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।प्रयोगकर्ताले भुक्तानी गरेपछि रू. १००० को बोनस तुरुन्तै प्राप्त गर्न सक्नुका साथै प्रयोगकर्ताले तोकिएको मिति भन्दा अघि वा तोकिएको मितिपछि जुनसुकै दिनमा प्रिमियम तिर्दा बोनस प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया