आइएमई पे बाट बीमा नविकरण गर्दा क्यास ब्याक जित्ने मौका

काठमाण्डौं १० बैशाख २०८०।आइएमई डिजिटल सोलुसन लिमिटेड को “आइएमईपे” बाट अब घरमै बसी सहजै आफ्नो बीमा पोलीसी नविकरण गर्न सकिने भएको छ।आइएमई पेको बीमा सेवाको प्रयोग गरी केही मिनेटमै ग्राहकहरुले आफ्नो बीमा पोलीसी नविकरण गर्न सक्नेछन् ।

सो सेवाअन्तर्गत आइएमई लाइफ, एसीयन लाइफ, अजोड इन्सुरेन्स लगायत अन्य विभिन्न इन्सुरेन्स कम्पनीहरुको बीमा पोलिसी नविकरण गर्न मिल्छ।लामो लाइन तथा अन्य झन्झट्बाट ग्राहकवर्गलाई जोगाइ सजिलै बीमा नविकरण गर्ने उदेश्यका साथ आइएमईपे बाट सो इन्सुरेन्स पोलिसीहरुको नविकरण गर्ने सुबिधा उपलब्ध गराईएको हो।साथै नववर्ष २०८० को उप्लक्ष्यमा आइएमईपे मार्फत आफ्नो बीमा पोलिसी नविकरण गर्ने ग्राहकले १००प्रतिशत क्यास ब्याक प्राप्त गर्ने मौका पनि पाउनेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया