आइएमई लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंक विच सम्झौता

काठमाडौ १ फागुन
विजनेसपाटी÷आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेड बीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्ट र कैलाश विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री अमृत चरण श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६७ भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरू बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ । आइ.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून्भन्दा न्यून् आय भएका शहरी तथा ग्रामिण क्षेत्रमा वसोवास गर्ने जनताहरूको हितलाई ध्यान दिई जीवन बीमामा पहुँच पु¥याई उद्देश्यलिएर सम्झौता भएको जनसम्पर्क व्यवस्थापन प्रमुख राजुपौडेलद्धारा जारी विज्ञाप्तिमा जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया