आइजीआई प्रुडेन्सियलको सभा सुरु, नगद लाभांश वितरण प्रस्ताव पेश हुने

काठमाडौं, फागुन २५, २०८१ । आइजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीको वार्षिक साधारण सभा आज (आइतबार) सुरुभएको छ । सभा, आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल काठमाडौंमा बिहान अहिले (विहान)को१० बजेबाट सुरु भइरहेको छ ।

सभामा कम्पनीले सेयरधनीलाई ९.७३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल गरिने छ ।

त्यसैगरी साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन ११ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया