आइजीआई विद्यार्थी बीमालेख

काठमाडौं २७ चैत्र
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कक्षा १ देखि कक्ष १२ सम्म अध्यन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी (आइजीआई विद्यार्थी बीमालेख) शुरु गरेको छ । उक्त बीमालेखको सुभाारम्भ कम्पनीका सञ्चालक प्रताप जंग पाण्डे तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले गर्नुभयो । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले हरेक क्षेत्रलाई समेत्दै निर्जीवीमाको क्षेत्रमा आफनो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यले कक्ष १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुको लागि बीमा सुरक्षा प्रदान गर्ने हेतुले आई जि आई विद्यार्थी नीतिको शुभारम्भ गरेको छ । यस बीमालेखले सम्बन्धित विद्यार्थीको त सुरक्षा प्रदान गर्छनै साथ साथै निजको मातापिताको पनि सुरक्षा प्रदान गर्नेछ । विद्यार्थीको २४ सैं घण्टा सुरक्षा प्रदान हुनेछ भने कथंकदाचित कुनै दुर्घटनाबाट पर्नजाने आर्थिक भारबाट सम्बन्धित अभिभावक र विद्यालयलाई मुक्त गर्ने स्वच्छ उद्देश्यका साथ यो बीमालेखको शुरु गरिएको जनाएको छ ।

पछिल्लो समय शिक्षा, स्वास्थ तथा कृषि क्षेत्रमा हाम्रो ध्यान केन्द्रीत गर्दै विभिन्न बीमा सेवाहरु प्रदान गर्दै आईरहेका छौं
कृषिको लागि हाल थुप्रै सेवाहरु विमासँग छन् । हामीले कृषिमा पनि मौरी पालनको बीमा गर्ने प्रथम कम्पनीको रुपमा कार्य गरिरहेका छौं भने शिक्षाको लागि यो बीमालेखले राम्रो सेवा प्रदान गर्ने र बजार हिस्सा ओगट्ने लक्ष्य लिईएको छ । स्वास्थ्यको लागि क्यासलेस हस्पिटलाईजेशन हामीले गत वर्ष देखिनै शुरु गरिसकेका छौं । आगामी दिनमा पनि ग्राहकहरुको माग वमोजिम नयाँ–नयाँ सेवाहरु पस्कने प्रण गर्दछौं ।
हाल नेपालमा विद्यालय स्तरमा ७३ लाख विद्यार्थीहरु अध्ययनरत । हरेक दिन कुनै न कुनै घटना तथा दुर्घटनामा विद्यार्थी परिरहेको खवर हामी सुन्छौं । जसबाट सम्बन्धित अभिभावहरु तथा विद्यालयले ठुलो आर्थिक व्ययभार बोक्नु परेकोमा अब यो बीमालेख पश्चात अभिभावक तथा विद्यालयलाई आर्थिक बोझ नहुने अपेक्षा हाम्रो छ । त्यसैगरी विद्यालयलाई पनि यसबाट ठूलो टेवा पुग्नेछ ।
आइजीआई विद्यार्थी बीमालेखले रक्षावरण गरिएका जोखिमहरु ः
– विमित विद्यार्थीको दुर्घटनाको कारणबाट मृत्यु भएमा एक लाख तथा विद्यार्थीको आमा वा बाबु मध्ये कुनै एक जनाको हकमा बीमा अवधिभर पांच लाख बराबरको बीमांक रकम कायम गरिएकोछ ।
– स्थायी पूर्ण अशक्तता भएमा, बीमित विद्यार्थीको हकमा बीमांक रकमको ३०० प्रतिशत (३ लाख) तथा विद्यार्थीको आमा वा बाबुको हकमा बीमाङ्क रकमको शतप्रतिशत (५ लाख) सम्मको जोखिम वहन गरिनेछ ।
– अंगभंग भएमा विमित विद्यार्थीको हकमा बीमाङ्क रकमको शतप्रतिशत (१ लाख) सम्म तथा आमा वा बाबुको हकमा बीमाङ्क रकमको ५० प्रतिशत (२ लाख ५० हजार) सम्म जोखिम बहन गरिनेछ ।

– अस्थायी पूर्ण अशक्तता भएमा विमित विद्यार्थीको हकमा विद्यालयको मासिक शैक्षिक शुल्क वापत प्रति महिना अधिकतम दश     हजारमा नबढ्ने गरी २ महिनासम्मको शुल्क भुक्तानी गरिनेछ ।
– औषधोपचार खर्चः
– दुर्घटनाको कारणले औषधोपचार गर्नु परेमा विमित विद्यार्थीको हकमा बीमाङ्क रकमको २५ प्रतिशत.२५ हजार सम्मको औषधोपचार सुविधा कायम गरिएको छ ।
– विमित विद्यार्थीको हकमा बिरामी भई अस्पतालमा भर्ना हुनु परेको अवस्थामा बीमाङ्क रकम अक्षरेपि पचास हजार कायम गरिएको छ । यसमा अस्पतालको शैया रुमवेड चार्ज शुल्क प्रतिदिन अधिकतम दुई हजार सम्म हुने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया