आईएफसीसँग एनएमबि बैंकको ऋण सम्झैता

काठमाडौं,१४  चैत ।

बिश्व बैंकको सदस्य संस्था इन्टरनेसनल फाइनान्स कर्पोरेशनसँग एनएमबि बैक लिमिटेडले ऋण सम्झैता गरेको छ । मंगलबार एनएमबि बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बिश्व बैकका स्थानिय प्रतिनिधि मोहम्मद रेहान रसिदले सम्झैतापत्रमा हस्तान्तरण गरे ।

नेपाल राष्ट्र बैकबाट स्वीकृति भएपछि मात्र यस ऋण सम्झैताले मुर्त रुप पाउनेछ ।  हालको तरलताको असहज अवस्थामा यस सम्झैताले सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया