आईएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा चावहिलमा

काठमाडौं,६ माघ  ।

आईएमई जनरल इन्स्योरेन्सले चाबहिलमा २४ औं शाखा  सञ्चालनमा ल्याएको छ । सो शाखाको  उदघाटन कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले गरे ।

सो अवसरमा अध्यक्ष ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी दिएका छन्  ।

शाखा उद्घाटन कार्यक्रममा स्थानिय उद्योगी, व्यापारीहरु लगायत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख, सञ्चालक समितिका सदस्य तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया