‘आईएमई पे’को चाडपर्व लक्षित उपहार योजना सार्वजनिक
काठमाडौं १४ असोज २०८०।
नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले ले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी ‘आइएमई पे डिजिटल दशैं तिहार’ योजना सार्वजनिक गरेको छ ।
१४ असोजदेखि सुरू भएको यो अफर ३ मंसिरसम्म लागु हुनेछ । यो अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरुले विभिन्न कारोबारका लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन् । त्यस्तै हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले अल्टिमा लाइफस्टाइलको गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन् ।
योजनाको अन्त्यमा ८ जना भाग्यशाली विजेताले ५० हजार रूपैयाँ बराबरको सपिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्नेछन् ।
यससँगै आईएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आईएमई पेका सीईओ प्रविन रेग्मीले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया