आईपीओ जारी गर्दै भैरवकुण्ड हाईड्रो

काठमाडौं,१८  माघ  ।

भैरवकुण्ड हाइड्रो पावरले ३१ करोड ८३ लाख बराबरको साधारण शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले साधारण शेयर जारी गर्ने प्रस्ताव सहित फागुन ९ गते १५ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारण सभाबाट एक सय रुपैयाँ अंकित मूल्यमा ३१ लाख ८३ हजार २८० कित्ता साधारण शेयर निष्काशन गर्ने सो प्रस्ताव पारित भएपछि सञ्चालक समितिले आईपीओ निष्कासनको प्रकृया अगाडि बढाउनेछ ।

६५ करोड चुक्त्ता पूँजी रहेको भैरवकुण्डले चुक्ता पूँजीको ४८ दशमलव ९७ प्रतिशत शेयर जारी गर्ने तयारी गरेको हो ।

यस कम्पनीले वि.सं. २०६५ साल मंसिर २९ देखि सिन्धुपाल्चोकको तातोपानी गाविस–.४ लार्चामा अवस्थित भैरवकुण्ड खोलामा हाइड्रो निर्माण कार्य सुरुवात गरेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया