आउनासाथ प्रचण्डको यस्तो उट्पट्याङ निर्णय

काठमाडौँ १२ अशोज
प्रचण्ड सरकारले एउटा यस्तो उट्पट्याङ निर्णय गरेको छ, जो इतिहासमा कहिल्यै भएको थिएन। पहिला भएको नियुक्तिअनुसार अझै ६ महिने म्याद बाँकी छ । तर, त्यसपछि अर्को निर्णय नै गर्नु नपर्ने गरी अहिल्यै राणाकालमा झैँ उही पदमा बहाल रहने पत्र थमाइ सकियो । फेरि नियुक्ति पनि त्यस्तो मान्छेका लागि, जो कार्य सम्पादन मूल्यांकनमा थौरै नम्बर पाएर पछि परिसकेको छ।
तर, आफ्नो गाउँले (कास्की), ससुराली खलक र जन्मथलोको मान्छे भन्दै नियम, परम्परा मिचेर खाद्य संस्थानको अध्यक्षमा ६ महिनापछि लागु हुने गरी अहिल्यै नियुक्ति ठोकिएको छ। जुन दिन म्याद सकिन्छ, त्यसदिन थप्नु एउटा कुरा, पहिल्यै गर्नु अचम्मको कुरा। यसरी नियुक्ति लिने चमत्कारी हुन्, पोखरा उपमहानगरपालिका-१२ का बासिन्दा प्रकाशबहादुर केसी । ०७१ मंसिर १८ मा नियुक्ति पाएका उनी आउने मंसिरको १७ गते दुई वर्षे कार्यकाल सिध्याएर अवकाश पाउनेा थिए । तर, साउनको ५ गते नै मन्त्रिपरिषद्ले नेशनल ट्रेन्डिङका अध्यक्ष धनबहादुर बुढासंगै निर्णय ठोकिदियो, मंसिर १८ देखि फेरि सोही पदमा रहने गरी, प्रश्न उठ्छ-यी मान्छे बीचमै भवितव्यमा परे भने के हुन्छ पछिको नियुक्ति ? जनआस्था साप्ताहिकमा खबर छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया