आखिर को थिए गायत्रीको सम्झनामा ? हेर्नुस भिडियो

विजनेसपाटी १३ मंसिर
चर्चित लोकगायिका, रचनाकार एवं शिर्वदर्शन फिल्म प्रालिकी अध्यक्ष गायत्री थापाको नयाँ कोसेली ‘सम्झनामै रह्यौ’ युटुब मार्फत सार्वजनिक भएको छ । माया पिरतीमा आधारित अत्यन्त मार्मिक यस गीतको रचना गायत्री थापाले नै गरेकी हुन् । यस गीतमा पुष्कल शर्मा र कोपिला छिनालले स्वर दिएका छन् भने लय कोपिला छिनालको रहेको छ । त्यसैगरी गीतमा दुर्गेश थापा, अपेक्षा बस्याल र सन्तोष श्रेष्ठले अभिनय गरेका छन । गीतको निर्देशन समेत गायत्री थापा रहेको छ भने सम्पादन प्रविण रेश्मीमगरले गरेका छन । गीतको छायाङकन भने करन चैसिरले गरेका छन । गीत शिवदर्शन फिल्मस प्रालिले बजारमा ल्याएको हो ।

यहाँ क्लीक गरी गित हेर्नुस

फेसबुकबाट तपाईको प्रतिक्रिया