आगामी वर्ष १३ सय मेगावाट बिजुली थपिने

काठमाडौं१५ जेठ, ।

सरकारले आगामी वर्ष १३ सय मेगावाट बिजुली थपिने बताएको छ । सरकारले दूधकोसी जलाशययुक्त आयोजना निर्माण सुरु गर्ने पनि घोषणा गरेको छ।

त्यसैगरी सरकारले माथिल्लो तामाकोसी, रसुवागढी लगायत आयोजनाको निर्माण सकाउने बजेटमा उल्लेख छ ।

‘नेपालको पानी जनताको लगानी’ अन्तर्गत माथिल्लो अरुण, किमाथांका, जगदुल्ला लगायतका आयोजनाहरू अघि बढाइने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया