आचार्यको कविताकृत पुस्तक ‘शब्दब्रम्ह’ सार्वजनिक
काठमाण्डौ १७ असार २०८० ।
डा.भानुभक्त आचार्यको कबिता संग्रह ‘शब्दब्रम्ह’ काठमाडौंको एक समारोहबीच लोकापर्ण भएको छ । पत्रकारितामै विधावारधि गरेका प्रध्यापक भानुभक्त आचार्यले कविताकृत पुस्तकमार्फत समाज, राजनिति र पत्रकारितामा भएका विकृति र विसंगतिलाई ब्याङग्य गरेका छन् । कवितामा प्रयोग भएका विम्व सहजै बुझ्न सकिने किसिमका छन् ।
‘शब्दब्रम्ह’ कविता संग्रहलाई आचार्यले ५ खण्डमा विभाजन गरेका छन् । जसमा पहिलाले सामाजिक कुरीतिमाथि ब्यङ्ग्य प्रहार गरेको छ । दोस्रोले समसामयिक मुद्धालाई पस्केको छन् । तेस्रोले मुलुकको अस्थिर, फोहरी, भ्रष्ट तथा अवसरवादी राजनीतिप्रति प्रहार गरेको छ । चौंथो, उनकै पत्रकारिता क्षेत्रका बेथिति र विसङ्गतिलाई उजागर गरेको छ भने पाँचौं, भावनात्मक तथा मनोरम गीतहरुको संग्रह छ । यो संग्रहमा ५४ वटा कविता समेटिएका छन् जसले समाजका बहुआयामिक क्षेत्रलाई स्पर्श गरेका छन् ।
यो लोकार्पण कार्यक्रम प्रायोजक निमा एकेडेमी ज्ञानेश्वर काठमाडौं रहेको थियो भने आयोजक आवरण प्रकाशनले गरेको थियो । लोकार्पण कार्यव्रmमका प्रमुख अतिथि गुरु एलपी भानु शर्मा, विशेष अतिथि संविधानविद् डा.भिमार्जुन आचार्य, अतिथिहरुमा बरिष्ठ पत्रकार बबिता बस्नेत, डा निर्मलमणि अधिकारी, गायिका सत्यकला राई, नीमा एकेडेमीका शैक्षिक शैक्षिक निर्देशक मोहन घिमिरे लगायत विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रम अध्यक्षता रमेश पौडेलले गर्नुभएको थियो । प्रमुख अतिथि लगायत अन्य अथितिहरुले डा. भानुक्त आचार्यको कविता संग्रह ‘शब्दब्रम्ह’ माथि समीक्षा मन्तव्य दिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया