आजको शेयरबजार : दुई घण्टाभित्रै ६ अर्बको कारोबार

काठमाडौं, फागुन १९, २०८१ । आइतबारदेखि उकालो लागेको शेयर बजारमा आज (सोमबार) आज बजारमा झन उत्साह थपेको छ । आज दुईघण्टाभित्र ६ अर्ब ८ करोडको कारोबार भइसकेको छ । । कारोबारको सुरुवाती चरणमै शेयर बजार उत्साहजनक तरिकाले बढेको छ ।

यस्तै गरी अघि बढ्ने हो भने हिजोको तुलनामा आज कारोबार बढ्ने सहजै अनुमान लगाउन सकिन्छ । आइतबार कुल १४ अर्ब २५ करोडको कारोबार भएको थियो । २ घण्टाभित्रै नेप्से परिसूचक २१ अंकले बढेर २९११ अंकमा कायम भइसकेको छ ।

यतिबेलासम्म जीवन बीमातिर आकर्षण बढेको देखिन्छ भने होटल तथा पर्यटन सेक्टर रातो अंकमा देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया