आजदेखि ग्लोबल आइएमई बैंककाे ऋणपत्र निष्काशन तथा बिक्री खुला
काठमाडौं ०१ चैत्र २०७७।
ग्लोबल आइएमई बैंकले आज चैत १ गतेदेखि “८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६र८७” निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
एक हजार अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बैंकले निष्काशन गर्न लागेको हो। कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने र बाँकी रहेको १ अर्ब २० करोडको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गर्न लागेको बताएको छ। बैकले सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बैकको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ। ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा चैत ४ गते बन्द हुनेछ।
ऋणपत्रको अवधि १० वर्षको रहेको छ। बैंकले वार्षिक ८.५० प्रतिशतका दरले हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात ब्याज भुक्तानी गरिने जनाएको छ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स रहेको छ। लगानीकर्ताले सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया